कञ्चनपुरका अपांगता भएका दुई जनालाई सापकोटा दाजुभाईद्धारा ह्विल चेयर प्रदान

युग संवाददाता     156 पटक पढिएको    

कञ्चनपुरका अपांगता भएका दुई जनालाई सापकोटा दाजुभाईद्धारा ह्विल चेयर प्रदान

धनगढी / ह्विल चेयरको अभावमा कष्टकर जीवन बिताईरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका अपांगता भएका दुई जना व्यक्तिलाई काठमाण्डौं र अमेरिकामा बस्ने दुई जना मनकारी दाजुभाईले सहयोग गरेका छन् ।

काठमाण्डौं बस्ने एसपी सापकोटा र अमेरिका बस्ने उनका दाजु बसन्त सापकोटाले बाणीका मनधरी कुमारी सुनार र मान बहादुर रावललाई ह्विल चेयर प्रदान गरेका हुन् ।

अपांगता भएका रावल र सुनारले भोगिरहेको कष्टकर अवस्थाका बारेमा जानकारी पाएपछि काठमाण्डौंबाट ह्विल चेयर ल्याएर सापकोटा ह्युमानिटी फाउण्डेसनका संस्थापक मान सिंह साउँद र  व्यापारिक साझेदार पारस कायस्थ सहित बिहीवार बाणीस्थित रावल र सुनारको घर पुगेका थिए । ह्विल चेयर पाएपछि भाव विह्वल भएका सुनार र रावलले सापकोटा दाजुभाई प्रति आभार व्यक्त गरे ।

स्थानीय जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक मान बहादुर चन्द र सिद्धनाथ बालज्योति आधारभूत विद्यालय बाणीकी शिक्षिका सीता कुमारी सिंहले रावल र सुनारको अवस्था बारे सापकोटालाई जानकारी गराएका थिए ।

गीतकार एसपी सापकोटा संगम पब्लिकेसन्स प्रा.लि.का प्रबन्ध निर्देशक हुन् । समाजसेवी एसपी सापकोटा र अमेरिकामा रहेका उनका दाई बसन्तले अतिबिपन्न तथा गरीव बिद्यार्थीहरुलाई मासिक दुई हजारका दरले करीव एक लाख रुपैया बराबरको छात्रबृति प्रदान गर्दै आएका छन् ।

 

 



बिहिबार १२, साउन २०७९ ०८:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.