पुनर्वासमा जन्तीको ट्रेक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु ,१० जना घाइते

समाज

Yugnepal     756 पटक पढिएको    

पुनर्वासमा जन्तीको ट्रेक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु ,१० जना घाइते

पुनर्वासमा जन्तीको ट्रेक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु ,१० जना घाइते


हरिलाल जोशी

बैशाख १४,पुनर्वास –कैलालीको धनगढी देखि कंचनपुरको बेलौरी तर्फ जन्ती बोकेर आउदै गरेको ट्याक्टरलाई सोही दिशाबाट आएको टिप्परले ठक्कर दिदा दुर्घटना भएको छ ।

शुक्रबार साझ ५ बजे तिर पुनर्वास नगरपालिका(११, डोकेबजारमा
से १ त २०६७ नम्बरको ट्याक्टरलाई से १ क ९८८ नम्बरको टिपरले ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको हो ।
दुर्घटनामा ट्रेक्टरमा सवार १ जनाको, मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन । मृत्यु हुनेमा बेलौरी नगरपालिका(४ कि रामकुमारी राना रहेको र अन्य १० जना जन्ती घाइते भएका त्रिभुवनबस्ती प्रहरीले  जानकारी दिए ।
घाइते १० जना मध्ये १ जना गम्भीर घाइतेलाई धनगढी स्थित सिपि अस्पतालमा उपचार भइरहेको छ भने अन्य ९ जना घाइतेहरुको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर ट्रालीलाई ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक गोपाल बोहराले बताए



शनिबार १४, बैशाख २०७६ १०:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.