चितुवाको छालासहित दुई जनालाई पक्राउ

युग संवाददाता     151 पटक पढिएको    

चितुवाको छालासहित दुई जनालाई पक्राउ

कञ्चनपुर / कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका–३ देखतभुलीस्थित निरञ्जन मल्लको खेतमा लुकाइराखेको अवस्थामा बुधबार साँझ दुई वटा वयस्क चितुवाको छाला बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी बरामद गरिएको छाला र पक्राउ परेको दुवै जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा डडेलधुराको अमरगढी नगरपालिका–३ काँडेकी ४० वर्षीय मालती मल्ल सेठ्ठी र अमरगढी नगरपालिका–२ जोसिनाका २९ वर्षीय मोहन सार्की रहेका छन् ।

बरामद गरिएको एउटा छालाको लम्बाइ ८ फिट ८ इन्च र चौडाइ ३ इन्च तथा अर्को छालाको लम्बाइ ७ फिट २ इन्च र चौडाइ २ फिट ८ इन्छ । दुईवटा छाला वयस्क चितुवाकै भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त छाला सुदूरपश्चिमकै पहाडी क्षेत्रबाट आएको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए । राभित्र बाँधेर खेतमा लुकाएको अवस्थामा बरामद भएको उनको भनाई छ । 



बिहिबार १२, साउन २०७९ १२:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.