कैलालीमा खैरो हेरोइसहित तीन जना पक्राउ

युग संवाददाता     200 पटक पढिएको    

कैलालीमा  खैरो हेरोइसहित तीन जना पक्राउ

धनगढी / कैलाली प्रहरीले खैरो हेरोइसहित तीन जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा भजनी नगरपालिका–३ का २३ वर्षीय बुटा सिंह, टीकापुर नगरपालिका–१ का ३१ वर्षीय जीवन शाह र वडा नम्बर ६ का २१ वर्षीय अमित रावल रहेका छन् । उनीहरुलाई बुटा सिंहको घरबाट पक्राउ गरिएको हो । 
लागुऔषध खाइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट पाँच ग्राम ४७० मिलीग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय भजनीमा राखेर थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । 



आइतबार ०८, साउन २०७९ ०५:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.