जिसस बाजुरामा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित

युग संवाददाता     246 पटक पढिएको    

जिसस बाजुरामा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित

बाजुरा / जिल्ला समन्वय समिति बाजुराको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेदवारी परेको थियो । नेकपा एमालेमा १२ जनाको बहुमत भएपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत पुगेको हो ।

नेकपा एमालेबाट समन्वय प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछु सार्की, खुला सदस्यमा हिक्मत बहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतरा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसै गरी महिला सदस्यमा कल्चुदेबी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्ब देवी विक निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्लाका ९ वटा स्थानीय तहमा बुढीगंगा, बडिमालिका नगरपालिका, गौमुल, जगन्नाथ गाउँपालिकामा गरी ४ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ । त्रिवेणी नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका गरी २ वटा पालिकामा प्रमुख उपप्रमुख नेपाली काँग्रेसले जितेको छ ।

जम्मा १८ जना मध्ये १२ जना एमालेको पक्षमा र ६ जना नेपाली काँग्रेस पक्षका रहेकाले नेपाली काँग्रेसले उम्मेदवारी नै नगराएका कारण एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन ।

जिल्लाका ९ वटा स्थानीय तह मध्ये ८ वटा स्थानीय तहको असार २३ गते पहिले नै निर्वाचन सम्पन्न गरिएको छ । बुढीगंगा नगरपालिकाको स्थानीय निर्वाचन असार २३ गते सम्पन्न पश्चात् असार ३२ गते कार्यपालिकाको निर्वाचन सम्पन्न भएको पत्र प्राप्त पछि आइतबार जिल्ला समन्वय समितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताए ।   

 



आइतबार ०८, साउन २०७९ १२:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.