स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ

युग संवाददाता     356 पटक पढिएको    

स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ

धनगढी / सशस्त्र प्रहरीले धनगढीबाट श्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट १७ लाख ६६ हजार ७ सय ७० भारतीय रुपैयाँ सहित सशस्त्र प्रहरीको केन्द्रीय ब्युरो टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

आज बिहान साढे ५ बजेको समयमा सशस्त्र प्रहरीको ब्युरो टोलीले सो रकम सहित धनगढी उपमहानगरपालिका–१ शान्तिटोलका १७ वर्षीय विबेक चन्द र सोही ठाउँका १८ वर्षीय सरोज धामीलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण कैलालीले जनाएको छ ।

यस बारेमा थप अनुसन्धान भैरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिए । 



शनिबार ०७, साउन २०७९ ११:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.