राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

युग संवाददाता     488 पटक पढिएको    

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौँ /  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्दैछ ।

मौद्रिक नीति सार्वजनिक गर्नुअघि बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठक डाकिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिएका छन् ।

समितिले पारित गरेपछि मौद्रिक नीति सार्वजनिक गर्नेछ । राष्ट्र बैंकको अनुसन्धान विभागले प्रस्ताव गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति व्यवस्थापन समितिले पारित गरिसकेको छ।

गभर्नर महाप्रसाद अधिकारीले हिजो (बिहीबार) अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरेका थिए । राजनीतिक र आर्थिक दबाबकाबीच गभर्नर अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति ल्याउन लागेका हुन्।  



शुक्रबार ०६, साउन २०७९ ०९:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal