बुढीगंगामा आएको बाढीले चार घर बगायो

युग संवाददाता     271 पटक पढिएको    

बुढीगंगामा आएको बाढीले चार घर बगायो

बाजुरा / मंगरबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुराको बुढीगंगामा आएको बाढीले चार घर बगाएको छ । बाढीमा फसेका २३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार बडिमालिका नगरपालिका-२ भौनेरामा आएको बाढीका कारण चार घर बगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको घर पूर्ण रूपमा बगाएको छ भने अम्मरराज पण्डित र तर्कराज पण्डितको आधा बगाएको छ ।यस्तै, नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीको टोलीले बाढी प्रभावित २३ जनाको उद्धार गरेको छ ।



बुधबार ०४, साउन २०७९ ०८:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.