तीनवटा स्थानीय तहमा शून्य बेरुजु

युग संवाददाता     324 पटक पढिएको    

तीनवटा स्थानीय तहमा शून्य बेरुजु

काठमाडौँ / मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन् । हालै सार्वजनिक महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्युठानको सरुमारानी र मल्लरानी गाउँपालिकाको बेरुजु रकम शून्य रहेको हो ।

ताप्लेजुङको सिरजङ्गा गाउँपालिका पनि शून्य बेरुजु भएको स्थानीय तह बनेको छ । सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले शून्य बेरुजु गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

शून्य बेरुजुको स्थानीय तह बनाउने उद्देश्य थियो, सफल भयौँ,” उनले भने  । कर्मचारी र जनप्रतिनिधिको कुशल समन्वयका कारण बेरुजु शून्यमा झार्न सफल भएको उनले बताए । प्रतिवेदनअनुसार प्युठानका अन्य सात स्थानीय तहको बेरुजु तीन प्रतिशतभन्दा कम छ ।

महालेखापरीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणमा चार प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तहलाई आर्थिक अनुशासन र वित्तीय सुशासन राम्रो भएको मानिन्छ ।



मङ्गलबार ०३, साउन २०७९ ०९:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.