बैंकहरुले औद्योगिक क्षेत्रमा गरेको कर्जा लगानीको स्थिति, काठमाडौंमा सबैभन्दा बढी

अर्थ समाचार

Yugnepal     612 पटक पढिएको    

बैंकहरुले औद्योगिक क्षेत्रमा गरेको कर्जा लगानीको स्थिति, काठमाडौंमा सबैभन्दा बढी

बैंकहरुले औद्योगिक क्षेत्रमा गरेको कर्जा लगानीको स्थिति, काठमाडौंमा सबैभन्दा बढी

बैंकिङ खबर । आर्थिक वर्ष २०७४र०७५ को नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २७ दशमलव ४ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ । गत वर्ष औद्योगिक क्षेत्रमा भएको कर्जा प्रवाह ८ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ थियो । यो वर्ष पनि यस्तो कर्जामा उच्च वृद्धि भएको बैंकर्सहरु बताउँछन् । आर्थिक वर्ष २०७४र०७५मा बैंकहरुले प्रवाह गरेको कुल कर्जा मध्ये ३३ दशमलव ७ प्रतिशत कर्जा औद्योगिक क्षेत्रमा रहेको तथ्याङ्कले देखाउँछ ।

नेपाल राष्ट्र बैंकले अध्ययन गरेको ५७ जिल्लाको आधारमा तयार पारिएको उक्त प्रतिवेदनमा उत्पादन क्षेत्र जस्तै, कृषि, वन तथा पेय पदार्थ तषा खाद्यवस्तुमा गरेको लगानी २८ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । निर्माण क्षेत्रमा १९ दशमलव २ प्रतिशत, पर्यटन उद्योग÷सेवा शीर्षकमा ३५ दशमलव ६ प्रतिशत, विद्युत, ग्याँस तथा पानी शीर्षकमा ४१ द्यशमलव ४ प्रतिशत, धातुका उत्पादन मेसिनरी तथा इलेक्ट्रोनिक शीर्षकमा २४ प्रतिशतले र खानी सम्बन्धी उद्योगमा ४३ दशमलव ९ प्रतिशतले कर्जा वृद्धि भएको देखिन्छ ।

क्षेत्रगत आधारमा बैंक तथा वित्तीय संस्थाहरुको कुल औद्योगिक कर्जा लगानीमा काठमाडौंमा मात्रै ५८ दशमलव ९ प्रतिशत, विराटनगर क्षेत्रमा १० दशमलव ५ प्रतिशत, वीरगञ्ज क्षेत्रमा १० प्रतिशत, सिद्धार्थनगर क्षेत्रमा ७ दशमलव २ प्रतिशत, पोखरा क्षेत्रमा ६ दशमलव २ प्रतिशत, नेपालगञ्ज क्षेत्रमा ३ दशमलव २ प्रतिशत, धनगढी क्षेत्रमा २ दशमलव १ प्रतिशत र जनकपुर क्षेत्रमा १ दशमलव ८ प्रतिशत हिस्सा रहेको छ ।

अधिकांश बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालय काठमाडौं क्षेत्रमा रहेका र ठूलो कर्जा लगानी सम्बन्धी सम्पूर्ण अख्तियारी प्रायः केन्द्रीय कार्यालयमा रहने गरेकाले पनि कुल कर्जामा काठमाडौं क्षेत्रको अंश उच्च देखिएको हो ।बैंकिङ खबरबाट साभार



शुक्रबार १३, बैशाख २०७६ ०६:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.