नेकपाका सेती ब्यूरो सचिव तथा पूर्व सभासद पक्राउ

राजनिति

Yugnepal     991 पटक पढिएको    

नेकपाका सेती ब्यूरो सचिव तथा पूर्व सभासद पक्राउ

 नेकपाका सेती ब्यूरो सचिव तथा पूर्व सभासद पक्राउ
 
धनगढी – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व सभासद तथा सेती ब्यूरो सचिव पक्राउ भगत सिंह भनेर चिनिने डबल बहादुर शाह पक्राउ परेका छन्।

बाजुराको बुढीगंगा नगरपालिका, ४ घर भएका शाहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीको टोलीले धनगढी उपमहानगरपालिका, ४ बसपार्कबाट शुक्रबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता दक्ष कुमार बस्नेतले शाहलाई राजद्रोहको आरोपमा मुद्दा दायर गरिएको र जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको बताए।

उनको साथबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विभिन्न दस्तावेज, नगद रुपैयाँ, चेक, एटीएमलगायतका कागजात बरामद गरिएको छ। शाह तत्कालिन एकीकृत नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०को तर्फबाट समानुपाति कोटामा सभासद बनेका थिए।

सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाएपछि हालसम्म विप्लवका १३ जना नेता तथा कार्यकर्तालाई गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरुविरुद्ध राजद्रोह, अपराधिक षडयन्त्र, राष्ट्रहित प्रतिकुल कार्य, संगठित अपराध शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको छ।



शुक्रबार १३, बैशाख २०७६ ०६:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.