बलत्कारको आरोप लागेपछी पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुखले दिए राजीनामा

युग संवाददाता     478 पटक पढिएको    

बलत्कारको आरोप लागेपछी पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुखले दिए राजीनामा

बैतडी / बलात्कार आरोप लागेपछि बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले राजीनामा दिएका छन् । ज्याला मजदुरी गर्दै आएकी एक महिलाले बलात्कार गरेको आरोप लगाएपछि नेगीले पदबाट राजीनामा दिएका हुन् ।

उनीमाथि कैलाली घर भई बैतडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलालाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । पीडित महिलाले आफूमाथि बलात्कार भएको बताउँदै कैलालीबाट मुद्दा दर्ता गर्ने बताएकी छन् । २० असारमा क्याम्पस प्रमुख नेगीले मजदुर महिलालाई बलात्कार गरेको बताइए पनि अहिलेसम्म प्रहरी यो घटनाबारे अनभिज्ञ रहेको दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ताले यसबारेमा कुनै पनि जानकारी नभएको बताए । चौधरी समुदायकी ती महिलाले पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख नेगीले राति २ बजे जबरजस्ती करणी गरेको बताएकी छन् । क्याम्पस प्रमुख नेगीले २० असारमा राति पानी माग्ने बहानामा मुख थुनेर आफूमाथि बलात्कार गरेको ती महिलाको आरोप छ ।



सोमबार २७, असार २०७९ १०:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.