क्षेत्रीय सहरी विकास आयोजनाले  सडक निर्माणका लागि बोलपत्र आह्वान

देश

युग संवाददाता     913 पटक पढिएको    

क्षेत्रीय सहरी विकास आयोजनाले  सडक निर्माणका लागि बोलपत्र आह्वान

सहरी विकास आयोजना  सडक सडकका लागि बोलपत्र आह्वान 


धनगढी । क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत धनगढी र गोदावरी नगरपालिकामा निर्माण हुने सडक निर्माण प्रक्रिया शुरु भएको छ । दुवै नगरपालिकामा निर्माण हुने सडकका लागि बोलपत्र आह्वान गरिएको छ ।


एसियाली विकास बैैंकको ऋण सहयोगमा लागू गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइले सडक निर्माणका लागि बोलपत्र आह्वान गरेको जनाएको छ ।
धनगढी उपमहानगरपालिकामा १० र गोदावरी नगरपालिकामा १६ गरि २६ किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइका प्रमुख सुरेश वाग्लेले जानकारी दिए । उनले सडक निर्माणका लागि ४५ दिने सूचना जारी गरिएको बताए ।
इकाई प्रमुख बाग्लेका अनुसार एक दशमलव ३८ किलोमिटरको धनगढी मुख्य सडक अन्तरगत चौराहदेखि कैलालीपुल सडकखण्ड, संघीय प्रहरी कार्यालयदेखि चर्च सम्मको दुई दशमलव सात किलोमिटर सडक र सात सय मिटरको क्याम्पस गेट–जाखोरताल सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ ।
त्यस्तै, तीन दशमलव ६५ किलोमिटरको क्याम्पसगेट–चटकपुर सडक, आठ सय ७० मिटरको डिभोटी–पिपलचौतारा सडक, एक दशमलव १५ किलोमिटरको हसनपुर सडक र चार सय ३० मिटरको मालपोत सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ ।
आयोजना अन्तरगत उपमहानगरपालिकामा ४२ किलोमिटर सडक निर्माणको लक्ष्य रहे पनि बजेट अभावका कारण १० किलोमिटर सडक निर्माणका लागि मात्रै बोलपत्र आह्वान गरिएको जनाइएको छ । सडकका लागि एक अर्ब ३५ करोड रुपैया मात्रै बजेट भएकाले साढे १० किलोमिटर मात्रै सडक निर्माण हुने अनुमान गरिएको छ ।
दुई नगरको सडक निर्माणका लागि बोलपत्र आह्वान भए पनि शुक्लाफा“टा नगरपालिका र भीमदत्त नगरपालिकामा निर्माण हुने सडकको भने प्रक्रिया अगाडी बढेको छैन । आयोजना कार्यान्वयन ईकाइका प्रमुख वाग्लेका अनुसार शुक्लाफा“टा नगरपालिकामा निर्माण हुने सडकको बोलपत्र आह्वान गर्न एसियाली विकास बैंकलाई स्वीकृतीका लागि धनगढी र गोदावरी भन्दा पहिले नै फाईल पठाएको भए पनि अहिलेसम्म स्वीकृती नभएको बताए । उनले भीमदत्त नगरपालिकामा भने अहिलेसम्म सडकको डिजाइन कार्य नै पुरा नभएको जानकारी दिए । चार वटै नगरमा निर्माण हुने फोहोरमैला व्यवस्थापन केन्द्र, फोहोर पानी प्रशोधन केन्द्र र दुई नगरमा निर्माण हुने कार्यालय भवनको प्रक्रिया भने अगाडी बढेको छैन ।



शुक्रबार १३, बैशाख २०७६ ०५:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.