प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कर्मचारी माग

युग संवाददाता     273 पटक पढिएको    

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कर्मचारी माग

काठमाडौं / प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत करार सेवामा कर्मचारी भर्नाका लागि सरकारले दरखास्त आह्वान गरेको छ।

संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमले ७५३ वटै पालिका (स्थानीय तह)मा रोजगार सहायक पदमा करार पदपूर्ति गर्न शनिबार सूचना जारी गरेको हो। 

प्रत्येक गाउँपालिका तथा नगरपालिकामा १/१ जना रोजगार सहायक भर्ना गरिने जनाइएको छ। रोजगार सहायकले स्थानीय सेवाको सहायक पाँचौं तह सरहको सेवासुविधा पाउनेछन्। कम्तीमा प्रविणता प्रमाणपत्र तह (१२ कक्षा) उत्तीर्ण गरेका र १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका नेपाली नागरिकले रोजगार सहायक पदमा आवेदन दिनसक्ने जनाइएको छ। 

Pradhanmantri_Rojgar_vacancy1657343560.jpg



शनिबार २५, असार २०७९ १२:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.