प्रधानमन्त्री मोदीको बारेमा के छ वाराणसीका मुस्लिमहरुको धारणा

विदेश

युग संवाददाता     876 पटक पढिएको    

प्रधानमन्त्री मोदीको बारेमा के छ वाराणसीका मुस्लिमहरुको धारणा

प्रधानमन्त्री मोदीको बारेमा के छ वाराणसीका मुस्लिमहरुको धारणा 

वाराणसी । पीएम नरेन्द्र मोदीको रोड शोको भीड जब वाराणसीको मुस्लिम बहुलता रहेको मदनपुरा र सोनारपुरा इलाकाहुँदै जाँदै थियो । त्यति नै बेला कारमा सवार प्रधानमन्त्रीको एक झलक पाउनको लागि हाफिज जमाल एक स्थानीय मस्जिदबाट बाहिर निस्किए । त्यति नै बेला सोनारपुरामा एक अन्य मुस्लिम युवकले पीएम मोदीको तरफ हात उठाए । जसलाई प्रधानमन्त्री मोदीले शालीनताका साथ स्वीकार गरे । त्यो देखेर जमाल मोदीप्रति झनै प्रभावित भए । 

हाफिज जमालले मोदीको अनुहार हेरेपछि मिडियासँग बोल्दै भने, ुकोही अरु होइन, वाराणशीमा केवल मोदीले नै जित्नेछन् । तर, म आफैं उनलाई भोट दिन्छु कि दिन्न त्यो त म भन्न सक्दिन।ु त्यस्तै मदनपुरा इलाकामा समेत कैंयौं सारा मुस्लिमहरुलाई थाहा छ कि चुनाव त मोदीले नै जित्नेछन् । तरपनि यसको अर्थ यो होइन कि मोदी कुनै शंका विना नै वाराणसीबाट चुनाव जित्दैछन् । 

लोकसभा चुनावका लागि आफ्नो नामांकनभन्दा पहिले वाराणसी पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ करिब ६ किलोमिटर लामो रोड शो गरे । काशी हिंदू विश्वविद्यालयको सिंहद्वारमा महामना मदन मोहन मालवीयको प्रतिमामा पुष्प अर्पित गरेर शुरू गरेको रोड शोमा लाखौं मानिसहरु उतारिएको थियो । उनीहरुले प्रधानमन्त्री मोदीलाई स्वागत गरेका थिए । सो समयमा पूरै काशीको ध्यान रोड शो तिर नै देखिएको थियो । तमाम स्थानहरुमा मानिसहरुले प्रधानमन्त्री मोदीलाई पुष्पवृष्टि गरेर स्वागत गरेका थिए । त्यो रोड शो मा हिन्दू र मुस्लिमहरुको संख्या पनि धेरै देखिन्थ्यो । 

ुमुसलमानहरुको भावनालाई सम्झिउन् प्रधानमन्त्रीलेु 
मदनपुरामा रिजवान साडी आर्ट्स चलाउने वाला शमीन अख्तर र नसीम अख्तर भन्छन्, ुयदि मोदीजी मानिसहरुलाई जोड्न र अल्पसंख्यकहरुसम्म पुग्न चाहन्छन् भने फेरि उनी किन साध्वी प्रज्ञा जस्तालाई टिकट दिइरहेका छन् रु  जदो खुलेआम बाबरी मस्जिद तोडनुपर्ने अभिव्यक्ति दिन्छन् । उनले मुसलमानहरुको भावनाहरुलाई सम्झनु पर्दछ ।ु 

ुविपक्षको मजबूत प्रत्याशी नहुँदा निराशाु 
मदनपुरामा साडी बुनाई केन्द्र चलाउने वाला बुजुर्ग मोहम्मद हामिद अख्तरले भने, ुमुस्लिमहरुको याद केवल चुनावको समयमा मात्रै किन आउँछ रु बीचको पाँच सालमा किन उनीहरुलाई मुस्लिमहरुको याद आएन रु के कसैलाई शाख गिर्दै गएको बनारसी साडीको चिन्ता छ रु मोदीलाई लिएर धेरै कुराकानी भईरहेको छ । तर म कसलाई भोट दिन्छु भनेर भने बताउँदिन ।ु इलाकाका कैयौं मुसलमान यसकुरालाई लिएर चिन्तित देखिन्छन् कि प्रियंका गान्धी किन वाराणसीबाटचुनाव लड्दिन भनिन् रु यसैगरी एसपी(बीएसपी गठबन्धनका प्रत्याशीलाई कमजोर मानेर पनि मुस्लिमहरु निराश देखिएका छन् । 

ुबीजेपीसँग विरोधका बावजुद पीएमको दिलसँग स्वागतु 
सोनारपुरामा रिजवान अहमदले भने कि, ुवाराणसी र यूपीमा चुनाव हुन बाँकी ठाउँहरुमा काम त भयो। यो तथ्य हो । यो पनि सत्य हो कि वाराणसीमा मोदीलाई कसैले पनि हराउन सक्दैनन् । उनका अलावा छन् र पो को रु तर बीजेपीका अर्का नेता जब बजरंग बली र अलीको बहस सुरु गर्छन् । त्यतिबेला थोरै निराशा भेटिन्छ । यदि पीएम मोदी जितेर आउँछन् भने उनलाई पूरै दिलबाट स्वागत गरिन्छ । बीजेपीको केही बुनियादी वैचारिक विरोधका बावजूद।ु 
नवभारत टाइम्सबाट अनुवादित 



शुक्रबार १३, बैशाख २०७६ ०५:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.