आजदेखि तीन दिन भारी वर्षाको सम्भावना

युग संवाददाता     672 पटक पढिएको    

आजदेखि तीन दिन भारी वर्षाको सम्भावना

काठमाडौं / जल तथा मौसम विज्ञान विभागले  तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सावधानी अपनाउन सुझाव दिएको छ।

बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा विभागका महानिर्देशक कमलराम जोशीले बिहीबारदेखि शनिबारसम्म देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरे।

यी तीन दिन तराईका सबै जिल्लामा र गण्डकी प्रदेशमा समेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने बताए। जोशीले विभागले विशेष बुलेटिन निकालेका वेला सतर्क भई सम्बन्धित निकायलाई चनाखो राख्न सरकारलाई सुझाव दिए।



बिहिबार १६, असार २०७९ १२:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal