किर्ते गरी कृषि विकास बैैकबाट ४० लाख निकाल्ने पक्राउ

अर्थ समाचार

Yugnepal     741 पटक पढिएको    

किर्ते गरी कृषि विकास बैैकबाट ४० लाख निकाल्ने पक्राउ


किर्ते गरी कृषि विकास बैंकको स्वयम्भू शाखाबाट ४० लाख रुपैयाँ कर्जा निकाल्ने दुई व्यक्तिहरु पक्राउ परेका छन् । केन्द्रीय अनुन्सधान ब्युरो ९सीआईबी०ले ठगी कार्यमा संलग्न शंकर धिताल र अनिल अधिकारीलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार पक्राउ परेका धिताल र अधिकारी फिडियस ट्राभल्स एण्ड टुर्स प्रालिको नाममा आन्तरिक राजस्व कार्यालय, लाजिम्पाटबाट जारी गरिएको करचुक्ता प्रमाणपत्रलाई किर्ते गरी झरना ह्युम्यान रिसोर्स प्रालिको नाममा जारी भएको बनाई करचुक्ता प्रमाणपत्र तयार गरी कृषि विकास बैंक, स्वयम्भू शाखाबाट ऋण लिने कार्यमा संलग्न रहेका थिए । 

सोमध्ये चितवनको पार्वतीपुर घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका गोंगबु बस्ने धिताल झरना ह्युम्यान रिसोर्स प्रालिका सञ्चालक हुन् । ठगी कार्यमा संलग्न तनहुँ जिल्लाको भानु नगरपालिका घर भएका २२ वर्षीय अधिकारी भने टोखा बस्दै आएका थिए । दुवै व्यक्तिलाई काठमाडौंको बालाजुबाट पक्राउ गरी बैंकिङ कसुरमा अनुसन्धान भइरहेको छ । उनीहरुलाई लिखतसम्बन्धी अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा अभियोग पेस भइसकेको छ । 

सीआईबीका अनुसार धिताल र अधिकारीले फिडियस ट्राभल्स एण्ड टुर्स प्रालिको नाममा जारी भएको करचुक्ता प्रमाणपत्रलाई बैंकबाट ऋण लिनको लागि झरना ह्युम्यान रिसोर्स प्रालिलाई नाफामा देखाउनको लागि किर्ते गरेका थिए । उनीहरुले झरना ह्युम्यान रिसोर्स प्रालिको नाममा किर्ते गरी कृषि विकास बैंक, स्वयम्भू शाखाबाट ४० लाख रुपैयाँ कर्जा लिएका थिए । उनीहरुलाई यही ९ गते जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षको लागि जेल चलान गरिएको छ । ठगी कार्र्यमा संलग्न दुवै व्यक्तिलाई चैत १२ गते नै पक्राउ गरी अनुसन्धान गरिरहेकोमा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षको लागि जेल चलान गरिएको हो । ९आर्थिक दैनिकबाट०



बिहिबार १२, बैशाख २०७६ ०५:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal