कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

युग संवाददाता     322 पटक पढिएको    

कञ्चनपुर / कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको  पुनर्वास नगरपालिका ६ प्रतिभानगरका अन्दाजी ३६ बर्षीय देवेन्द्र श्रेष्ठको मङ्गलवार बिहान मृत्यु भएको हो ।

बिहान आएको वर्षा सँगै चट्याङमा परि उनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ । अहिले कञ्चनपुर लगायत सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ । 



मङ्गलबार १४, असार २०७९ ०९:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.