आजबाट तीन दिन मनसुन थप सक्रिय हुने,यी प्रदेशमा हुनेछ भारी वर्षा

युग संवाददाता     276 पटक पढिएको    

काठमाडौँ / आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।

सोमबारबाट तीन दिनसम्म झरी हुने

आज प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

पूर्वी नेपालका केही स्थानमा गए रातिदेखि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण राति १२ बजेदेखि झापाको भद्रपुर, विर्तामोड,  शनिश्चचरे, दोमुखा– कन्काई र आसपास भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारी वर्षाका कारण पहिरो, भू–क्षय तथा उच्च बहावको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले यसअघि नै विशेष बुलेटिन जारी गर्दै जनाइसकेको छ । 



मङ्गलबार १४, असार २०७९ ०८:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.