सात सय १३ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा ३ हजार ३ सय ५ पुग्यो

अर्थ समाचार

युग संवाददाता     711 पटक पढिएको    

सात सय १३ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा ३ हजार ३ सय ५ पुग्यो


सात सय १३ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा ३ हजार ३ सय ५ पुग्यो
काठमान्डौ । ७ सय ५३ स्थानीय तहमध्ये २०७५ फागुनसम्म ७ सय १३ तहहरुमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १ सय ५१ रहेकोमा २०७५ फागुन मसान्तमा १ सय ६७ पुगेको छ ।

२०७५ फागुन मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ८२ लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७५ असार मसान्तमा ६ हजार ६ सय ५१ रहेकोमा २०७५ फागुन मसान्तमा ८ हजार ५५ पुगेको छ ।

यो अवधिमा वाणिज्य बैंकहरुको शाखा संख्या ३ हजार ३ सय ५ पुगेको छ । विकास बैंकहरु १ हजार १ सय ९६ शाखाबाट बैंकिङ सेवा दिएका छन् । त्यस्तै वित्त कम्पनीका २ सय वटा मात्र शाखा रहेका छन् । लघुवित्त वित्तीय संस्थाका भने ३ हजार ३ सय ५४ शाखा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
बैंकिङ खबर बाट साभार



बिहिबार १२, बैशाख २०७६ ११:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.