धनगढी प्रिमियर लिगमा बर्षाका कारण भोली हुने खेल स्थगित

खेल स्थगित

Yugnepal     760 पटक पढिएको    

धनगढी प्रिमियर लिगमा बर्षाका कारण भोली हुने खेल स्थगित
२०७५ माघ २५

धनगढी प्रिमियर लिग डीपीएलमा भोली हुने उद्घाटन खेल स्थगित गरिएको छ । लगातारको बर्षाका कारण विराटनगर किंग्स र धनगढी स्टार्सबीचको उद्घाटन खेल स्थगित गरिएको हो । भोलीको खेलको बारेमा आज साँझ बस्ने टीमहरुको बैठकबाट टुङगाईने छ । यसअघि आज धनगढीमा पत्रकार सम्मेलन मार्फत तेस्रो संस्करणको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले शुक्रबार पत्रकार सम्मेलनको गर्दै प्रतियोगिताको ट्रफी सार्वजनीक गरेको छ । प्रतियोगिताका सद्भावना दुत जोन्टी रोड्स र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले संयुक्त रुपमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरे । 

डीपीएलको पुरस्कार राशीमा यसपटक वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएको छ । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले ९सुनको जुत्ता०, प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई रु १५ हजार,म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन अवसरमा १ पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १—१ लाख रुपैया प्रदान गरिने समेत आयोजकले जनाएको छ । 

धनगढीको फाप्ला क्रिकेट मैदानमा  प्रतियोगिता माघ २६ देखि फागुन ११ गतेसम्म संचालन हुनेछ । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ ।  टी –२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ ।

यस्तै आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको समेत जनाएको छ । आयोजकले मैदान तथा प्राविधिक व्यवस्थापनका कामहरु लगभग सकिएको र ५ वटा पीच निर्माण सम्पन्न भईसकेको जनाएको छ । प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । यस्तै आयोजकले दर्शकहरुका लागि टिकटदर लिग चरणमा ५०, प्ले—अफमा ७० र फाइनलमा १०० तोकेको छ । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्रा्िष्ट्रय निर्माण अभियान ९ड्रिम फाप्ला० लाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिनेछ ।
 



शुक्रबार २५, माघ २०७५ ०५:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.