बझाङ बस दुर्घटनामा अत्तरिया ट्राफिकको लापर्बाही

सुदूरपश्चिम

Yugnepal     862 पटक पढिएको    

बझाङ बस दुर्घटनामा अत्तरिया ट्राफिकको लापर्बाही

बझाङ बस दुर्घटनामा अत्तरिया ट्राफिकको लापर्बाही
अत्तरियाबाट राती ११ बजे हिडेको थियो कर्णाली रिभरको बस


बझाङ। सुदूरपश्चिम प्रदेशको धनगडी र कञ्चनपुरबाट  पहाडका लागी छुट्ने दिवा तथा रात्री सेवा बसहरु दुर्घटना हुनका पछाडी कैलाली अत्तरिया ट्राफिक प्रहरीको लापर्बाहीका कारण हुने ब्यापक गुनासो आएको छ ।

यात्रु बाहक बसहरु धनगढी र महेन्द्रनगरको बसपार्कबाट सिट भन्दा बढी यात्रुहरु राख्ने साथै ब्यापारिक प्रयोजनका लागी प्रयोग हुने सामानहरु राखेर आउदा पनि अत्तरिया ट्राफिकले सामान्य जरिवाना काटेर  छोड्ने गरेकाले पहाड तिरको यात्रा उच्च जोखिम हुने गरेको छ ।

पहाडी जिल्लाहरुमा अत्तरियाबाट आउने बसहरु क्षमता भन्दा बढी यात्रु तथा ब्यापारीक प्रयोजनमा प्रयोग हुने सामान बढी ल्याएकै कारण दुर्घटना हुने गरेको सर्बसाधारण नागरिकहरुको जनगुनसो छ । मंगलबार धनगडीबाट बझाङका लागी हिडेको कर्णाली रिभर यातायात समितीको ना। ६ ख १८३१ नम्बरको  यात्रुबाहक बस दुर्घटना हुनको कारण पनि अत्तरिया ट्राफिक प्रहरी चेकपोष्टमा बस्ने प्रहरी कर्मचारीहरुको कमजोरीका कारण दुर्घटनामा परि जिबित रहेका यात्रुहरुको भनाई रहेको छ ।

 दिउसो ३ बजे धनगडी बसपार्कबाट हिडेको उक्त बस ४ बजे नै अत्तरिया पुगेको थियो । अत्तरिया ट्राफिक प्रहरी र बस स्टाप कै कुराकानी नमिल्दा ४ बजे नै अत्तरियाबाट हिड्नुपर्ने बस राती ११ बजे मात्र प्रहरीले पठाउदा पनि यो घटनामा प्रहरीको कमजोरी देखिन्छ । दुर्घटना भएको बससंगै छुटेका अन्य रात्री सेवाका बसहरु बिहान उक्त बस दुर्घटना हुदा अन्य बसहरु बझाङको सुनकुडा , देउलेख पुगि सकेका थिए ।

 दुर्घटना भएको बस ८ घण्टा अत्तरियामा रोकिनु र बिहान ५ बजे तिर डडेल्धुराको साहुखर्कमा दुर्घटना हुनका पछाडी ट्रापिकले ८ घण्टा अत्तरियामा रोकेकोले यात्रुहरुको दवापले चालकले तिब्र गतीमा लिदा र ट्राफिकको तनावले पनि दर्घटना भएको हुन सक्ने बसका यात्रु कबिन्द्र घर्तीले बताए । गाडीका स्टापहरुले क्षमता भन्दा बढी यात्रु राखेको साथै बस भित्र र बसको छतमा गैरकानुनी रुपमा सामानहरु राखेको भए पनि अत्तरिया ट्राफिक प्रहरीले सामानहरु झार्न नसकेको र समयमै बसलाई गन्तब्यमा पठाउन नसक्दा दुर्घटना भएको घर्तीको भनाई छ  ।

अत्तरिया ट्राफिक प्रहरीका प्रहरी निरिक्षक लाल बहादुर साँउदले दुर्घटना भएको बझाङ जाने बसबाट ओभर भएको सामान झारेको दाबी गरेका छन् । उनले भने पहाड जाने बसहरुमा यात्रु बाहेक गैरकानुनी रुपमा बस भित्र र छत माथी सामान लिएर जाने प्रचलन बढी भएकाले जरिवाना काटेर पठाउने गरेका छौ ।

बझाङ चैनपुरका स्थानीय कलक खड्काले भने पहाड आउने बसहरु दुर्घटना हुनका पछाडी गाडी स्टापहरुको पनि कमजोरी छ साथै  अत्तरिया ट्राफिक प्रहरीको समेत त्यस भन्दा बढी कमजोरी रहेको बताए । अत्तरिया ट्राफिक प्रहरीले गाडीमा क्षमता भन्दा बढी यात्रु हुन वा गैरकानुनी रुपमा बसहरुले सामान बोकेको भए पनि  जरिवाना रसिद काटेपछि छोड्ने गरेको छ ।

केही महिना अगाडी देखि  अत्तरिया ट्राफिक प्रहरीले बसहरु लाई टाईम कार्ड दिने गरेको भए पनि हाल भने छोडेको छ । तराईबाट आएका बसहरु पहाड तिर दुर्घटना भएका बेला मात्र चनाखो दिने  क्षेत्रिय  ट्राफिक प्रहरी अत्तरियाले  त्यसपछि खासै  बेवास्ता गर्ने गरेको देखिदैन  ।

पहाड तिर चल्ने यात्रुबाहक  यातायातका साधानहरुमा चालक परिपक्क नहुने , कतिपय चालकहरुको लाईसेन्स नहुने, लोड बढी हुने , धुम्तीहरुमा हर्न नबजाउने , यात्रुहरु गाडीमा राख्ने होडबाजीले तिब्र गतीले चलाउने गाडी स्टापहरु यात्रुहरु प्रति जवाफदेही जिम्मेवार हुने जस्ता थुप्रै समस्याहरु पहाड तिर देखिएका छन् । बुधबार बिहान भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २९ जना घाईते भएको छन् ।

 



बुधबार ११, बैशाख २०७६ ११:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.