राष्ट्र बैंकद्धारा १ खर्ब ३५ करोड तरलता प्रशोचन

अर्थ समाचार

Yugnepal     893 पटक पढिएको    

राष्ट्र बैंकद्धारा १ खर्ब ३५ करोड तरलता प्रशोचन

राष्ट्र बैंकद्धारा १ खर्ब ३५ करोड तरलता प्रशोचन । आर्थिक वर्ष २०७५र७६ को आठ महिनामा नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारका विभिन्न उपकरणहरु मार्पmत पटक–पटक गरी एक खर्ब ३५ करोड तरलता प्रशोचन गरेको छ। यस अनुसार निक्षेप संकलन बोलकबोल मार्फत ७९ अर्ब ६५ करोड र रिभर्स रिपो मार्पmत २० अर्ब ७० करोड रुपैयाँ गरेको छ । राष्ट्र बैंकले अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ३० अर्ब २५ करोड तरलता प्रशोचन गरेकोे थियो ।

फागुन मसान्त सम्ममा खुला बजार कारोबार अन्तर्गत रिपोमार्पmत् पटक–पटक गरी कुल २३ अर्ब ५३ करोड तरलता प्रवाह गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा ९७ अर्ब २५ करोड तरलता प्रवाह भएको थियो ।

आठ माहिनामा बैंक तथा वित्तीय संस्थाहरुले ६ अर्ब ७२ करोड स्थायी तरलता सुविधा उपयोग गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा २७ अर्ब ३८ करोड बराबरको तरलता सुविधा उपयोग गरेका थिए ।

राष्ट्र बैंकले विदेशी विनिमय बजार ९वाणिज्य बैंकहरु० बाट अमेरिकी डलरमा १ अर्ब ९७ करोड खूद खरिद गरी २ खर्ब २५ अर्ब ५६ करोड खूद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ७३ करोड खूद खरिद गरी २ खर्ब ८१ अर्ब ५९ करोड खूद तरलता प्रवाह गरेको थियो ।

चालु आर्थिक वर्षको आठ महिनामा अमेरिकी डलर २ अर्ब ८२ करोड, यूरो २ करोड ८० लाख, पाउण्ड स्टर्लिङ्ग २ करोड, जापानी येन १८ अर्ब र चिनीयाँ युआन २० करोड बिक्री गरी ३ खर्ब ४९ अर्ब ६४ करोड बराबरको भारतीय रुपैँया खरिद गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब १४ करोड र यूरो ४ करोड बिक्री गरी ३ खर्ब २८ अर्ब ३५ करोड बराबरको भारतीय रुपैँया खरिद भएको थियो । बैंकिङ खबर बाट साभार 



सोमबार ०९, बैशाख २०७६ ०९:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.