धनगढी, २१ जेठ । हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो शाख मसुरियामा बिस्तार भएको छ । संस्थाले कैलालीको गौरीगंगा नगरपालिकामा शाखा विस्तार गरेको हो ।
सो शाखाको सुदूरपश्चिम प्रदेशका भौतिक पुर्बाधार विकास मन्त्री दीर्घ सोडारीले एक कार्यक्रमकाबीच उद्घाटन गरे । उद्घाटनका क्रममा मन्तव्य व्यक्त गर्दै मन्त्री सोडारीले हिमशिखर सहकारीले विगतका वर्षदेखि नमूना काम गर्दै आएको प्रशंसा गरे ।
उनले सहकारीले समाजसँगै राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै यो सहकारीले गौरीगंगा नगरपालिकामा नमूना काम गर्ने बताए ।
सहकारीका अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षमा भएको कार्यक्रममा सहकारीका प्रबन्धक महेन्द्र शाही लगायतको सहभाीता रहेको थियो ।
कार्यक्रममा गौरीगंगा नगरपालिका उपाध्यक्ष भोज बम, सहकारी संघका अध्यक्ष फणी साप्कोटा हिमशिखरका उपाध्यक्ष रोशन सिंह सहकारीका सचिव विमल जोशी लगायतको सहभागिता थियो । सो कार्यक्रममा गौरीगंगा नगरपालिका वडाध्यक्ष विष्णु भाटले मन्तव्य व्यक्त गरे ।
प्रतिकृया दिनुहोस