बाजुरा बुढीगंगाको निर्वाचन सम्बन्धी सर्वदलीय बैठक बस्यो

युग संवाददाता     697 पटक पढिएको    

बाजुरा बुढीगंगाको निर्वाचन सम्बन्धी सर्वदलीय बैठक बस्यो

बाजुरा / बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा बुढीगंगाको निर्वाचन सम्बन्धी सर्वदलीय बैठक बसेको छ।

निर्वाचन आयोगले नगरपालिकामा पुनः निर्वाचन गर्न परिपत्र गरिसकेकोले छिटोभन्दा छिटो निर्वाचन गर्नका लागि बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए। नेपाली काँग्रेस र नेकपा एमालेले उच्च अदालतमा मुद्दा हालेको र त्यसको फैसालापछि यस विषयमा अगाडि बढिने उनले बताए।

सुरक्षा र कर्मचारी व्यवस्थापनका लागि तयारी भइरहेको र दलहरुले पनि निर्वाचनको मिति तोक्नका लागि सहज वातावरण बनाउँदै सहमती जनाएको उनले बताए। वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएको भन्दै मतदान प्रक्रिया स्थगित भएको थियो।  



शनिबार २१, जेठ २०७९ १२:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal