दरबार हत्याकाण्ड : राजा वीरेन्द्रको वंशनाश भएको २१ वर्ष पूरा

युग संवाददाता     344 पटक पढिएको    

दरबार हत्याकाण्ड : राजा वीरेन्द्रको वंशनाश भएको २१ वर्ष पूरा

काठमाडौँ / आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको कालो दिन । राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको २१ पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो ।

राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए । भनिन्छ–दरबार हत्याकान्डमा षडयन्त्र भएको छ । तर यो षणयन्त्र कसले गर्यो रु अहिलेसम्म रहस्य भने बाहिर आउन सकेको छैन ।

हत्याकाण्डको छानबिनका लागि गठन भएको तत्कालीन समितिले पनि रहस्य बाहिर ल्याउन सकेको छैन । हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश र संसद्का सभामुख सदस्य रहेको छानबिन समितिले छानबिन गरे पनि त्यसले सही तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टी अझै उत्तिकै छ ।

यो २१ वर्षको बिचमा धेरै सरकार फेरि तर हत्याकाण्डको रहस्य खुलेन । राजसंस्था नै अन्त्य भएर गणतन्त्रात्मक व्यवस्था आएको यतिका वर्ष हुँदा पनि छानबिन भएको छैन ।



बिहिबार १९, जेठ २०७९ १२:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.