नेकपा एकता घोषणा कार्यक्रम आज, पूर्व एमालेका जिल्ला अध्यक्ष नयाँ समितिको प्रमुख भाइटल  - पोष्टमा रहने

राजनीति

Yugnepal     653 पटक पढिएको    

नेकपा एकता घोषणा कार्यक्रम आज, पूर्व एमालेका जिल्ला अध्यक्ष नयाँ समितिको प्रमुख भाइटल  - पोष्टमा रहने


 
काठमाडौं -  नेपाल कम्युनिस्ट पार्टी  नेकपा  ले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएसँगै आज सोमबार  एकता घोषणा कार्यक्रम हुँदैछ। काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रम मध्यन्ह १२ बजेका लागि तय गरिएको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो। सोअघि आइतबार बिहान नेकपाका शीर्ष चार नेताले गरेको गृहकार्यपछि साँझ सचिवालय बैठक बसेको थियो।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार हालसमम्म ७७ वटै जिल्लाको नेतृत्वको टुंगो लागेको छ। सचिवालय बैठकले जिल्ला अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको भए पनि जनवर्गीय संगठनको नेतृत्व र पोलिटब्युरो सदस्यको नामवली भने टुंगिन बाँकी रहेको उनले जानकारी दिए।

‘केही दिनभित्रमा नै पोलिटब्युरोको गठन गरी सबै केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजन हुनेछ,’ आइतबार साँझ बैठकबाट बाहिरिने क्रममा प्रवक्ता श्रेष्ठले भने। 

जिल्लाको नेतृत्व चयन गर्दा बैठकले यसअघि तत्कालिन नेकपा ९एमाले०का जिल्ला अध्यक्ष हालको अध्यक्ष वा सचिवको जिम्मेवारीमा रहनेगरी पद विभाजन गरिएको छ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुले एकताका विषयमा सहमति गरेपनि वरिष्ठ नेता माधवकुमार नेपाल भने सन्तुष्ट थिएनन्। आफूलाई एक्ल्याउन खोजिएको भन्दै नेता नेपालले असन्तुष्टि राखेपछि गएको ४ दिनदेखि तीनै जना नेताहरु बीच छलफल चलेको थियो। अन्ततः नेपालकै मतमा पार्टीका दुबै अध्यक्ष उभिएपछि जिल्लातर्फको एकता प्रकृयाले पनि मुर्तरुप पाएको हो।

आइतबारकै बैठकले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आजका लागि प्रज्ञाभवनमा विशेष कार्यक्रमको आयोजना गरिने निर्णय गरेको थियो।  नेपाल लाइभ



सोमबार ०९, बैशाख २०७६ ०९:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.