प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरु

युग संवाददाता     296 पटक पढिएको    

प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं / प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

सो छलफल र त्यसमा उठेका प्रश्नमा अर्थमन्त्रीको जवाफका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १७, १८ र १९ गतेको समय तोक्नुभएको छ । संवैधानिक व्यवस्थानुसार हरेक वर्षको जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरिन्छ ।



मङ्गलबार १७, जेठ २०७९ १२:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.