मंगलबार देशका सातै प्रदेशमा पानी पर्ने सम्भावना

युग संवाददाता     627 पटक पढिएको    

मंगलबार देशका सातै प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौँ / आज मंगलबार देशका सातवटै प्रदेशमा पानी पर्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबै प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ। प्रदेश–१, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

विभागका अनुसार बाँकी प्रदेशका एकरदुई स्थानमा पनि मेघगर्जन, चट्याङ् तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।राति प्रदेश–१, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रहनेछ।प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।हाल नेपालमा स्थानीय वायु, भारतको  उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। 



मङ्गलबार १७, जेठ २०७९ ०७:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal