विमान दुर्घटनाबारे ५ सदस्यीय जाँचबुझ आयोग गठन

युग संवाददाता     239 पटक पढिएको    

विमान दुर्घटनाबारे ५ सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको जहाज दुर्घटनाको कारणबारे छानविन गर्न पाँच सदस्सीय दुर्घटना जाँच आयोग गठन गरको छ। 

मन्त्रालयले सोमबार गैर सैनिक हवाई नियमावली २०७१ बमोजिम वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो।

जाँच आयोगका अनुसन्धानकर्ता एवं सदस्यहरुमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन्। यस समितिलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता प्रकारका घटना दोहोरिन नदिने उपाय पनि सिफारिस गर्नेछ। 

आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्वीनअटर जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। विमानमा चालकदलका सदस्यसहित २२ जना यात्रु सवार थिए।

उनीहरु सबैको मृत्यु भएको तायार एयरले जनाएको छ।हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको र एक शव खोजी भइरहेको प्रहरीले जनाएको छ।



सोमबार १६, जेठ २०७९ ०८:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.