बैसाख देखि कामदारको स्वास्थ्य परीक्षण गर्न आवेदन दिएका स्वास्थ्य संस्थाहरुको अनुगमन हुने

स्वास्थ्य

Yugnepal     1089 पटक पढिएको    

बैसाख देखि कामदारको स्वास्थ्य परीक्षण गर्न आवेदन दिएका स्वास्थ्य संस्थाहरुको अनुगमन हुने

बैसाख देखि कामदारको स्वास्थ्य परीक्षण गर्न आवेदन दिएका स्वास्थ्य संस्थाहरुको अनुगमन हुने
देशभर १ सय २६ संस्थाको अनुगमनमा ४ टोली


 
काठमाडौं( वैदेशिक रोजगारीमा जानुअघि स्वास्थ्य गर्नुपर्ने स्वास्थ्य परीक्षणका लागि दर्खास्त दिएका स्वास्थ्य संस्थाहरुको अनुगमन हुने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य परीक्षणका लागि आवेदन दिएका देशभरका १ सय २६ वटा स्वास्थ्य संस्थाहरुको अनुगमनका लागि ४ वटा टोली खटाउने भएको हो। जसमध्ये उपत्यका बाहिरका लागि ३ वटा टोली खटिने मन्त्रालयले जनाएको छ। सो टोलीका लागि १० दिनको समयसीमा दिइएको छ। उपत्यकामा भने एक टोली खटिने र त्यसका लागि १५ दिनको समय दिइएको मन्त्रालयले जनाएको छ।

हरेक टोलीमा स्वास्थ्य मन्त्रालयबाट ३ जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयबाट एक अधिकृत गरी ४ जना रहनेछन्।

अनुगमन बैसाख ८ गतेबाट सुरु हुनेछ। मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ को दफा ३ बमोजिम गत चैत १३ गते स्वास्थ्य संस्था सूचीकरणसम्बन्धी सूचना प्रकाशित गरेको थियो।

सूचना बमोजिम आवेदन दिएका सबै १ सय २६ स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य परीक्षणका गर्न आवश्यक पर्ने पूर्वाधार तथा संयन्त्र रहेररहेकोबारे टोलीले अध्ययन गर्नेछ। स्वास्थ्य खबरपत्रिका
 



आइतबार ०८, बैशाख २०७६ ०९:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal