५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिवको टुंगो लाग्यो

८४८ उपसचिवको समायोज

Yugnepal     876 पटक पढिएको    

५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिवको टुंगो लाग्यो

२५ माघ, काठमाडौं(संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव, सहसचिव र उपसचिवको समायोजन सकाएको छ ।

मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई समेटेर ५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिवको समायोजन गरेको प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

‘५६ जना सचिवलाई संघीय सेवाअन्तर्गत कार्यरत रहने गरी पत्र दिइएको छ । ६६२ सहसचिवलाई पनि परिचालन गर्ने प्रस्ताव मन्त्रिपरिषदले पारित गरेको छ ।’ उनले भने ।
मन्त्रालयले उपसचिवहरुलाई केही दिनभित्रै स्वास्थ्य, कृषि, इन्जिनियरिङ्ग र शिक्षा लगायतका क्षेत्रमा समायोजनको तयारी गरिरहेको बताउँदै प्रवक्ता अधिकारीले तल्लो तहका कर्मचारीको पनि समायोजन प्रक्रिया चलिएको बताए ।

यसअघि संघीय मामिला मन्त्री लालबाबु पण्डितले प्रस्तुत कर्मचारी समायोजन विधेयक संसदबाट पारित भइसकेको छ । जसअनुसार सरकारले तिनै तहमा कर्मचारी समायोजन प्रक्रिया अघि बढाएको छ ।

सरकारले कुल १ लाख २३ हजार कर्मचारीमध्ये ४५ हजारलाई केन्द्रमा, २१ हजारलाई प्रदेश र ५७ हजार कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्दैछ ।



शुक्रबार २५, माघ २०७५ ०४:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.