नेकपाले टुंगो लगायो ७७ जिल्लाकै अध्यक्ष र सचिव

राजनीति

Yugnepal     726 पटक पढिएको    

नेकपाले टुंगो लगायो ७७ जिल्लाकै अध्यक्ष र सचिव

नेकपाले टुंगो लगायो ७७ जिल्लाकै अध्यक्ष र सचिव

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी  नेकपा ले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ। 
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो। 

आइतबार बिहान नेकपाका शीर्ष चार नेताले गरेको गृहकार्यपछि साँझ सचिवालय बैठक बसेको थियो। 

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको नेतृत्वको टुंगो लागेको बताए। 

सचिवालय बैठकले  जिल्ला अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको भएपनि जनवर्गीय संगठनको नेतृत्व र पोलिटब्यूरो सदस्यको नामवली भने टुंगिन बाँकी रहेको बताइएको छ।

‘केही दिनभित्रमा नै पोलिटब्यूरोको गठन गरी सबै केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजन हुनेछ,’ प्रवक्ता श्रेष्ठले भने। 

आइतबारकै बैठकले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सोमबार अर्थात् भोलि प्रज्ञाभवनमा विशेष कार्यक्रमको आयोजना गरिने निर्णय गरेको छ। 



आइतबार ०८, बैशाख २०७६ ०९:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal