सभापतिका लागि फेरि निर्वाचन हुने, बम र भट्टबीच प्रतिस्पर्धा

युग संवाददाता     499 पटक पढिएको    

सभापतिका लागि फेरि निर्वाचन हुने, बम र भट्टबीच प्रतिस्पर्धा

 


धनगढी  नेपाली काङ्ग्रेस कैलालीको सभापति चयनका लागि पुनः निर्वाचन हुने भएको छ ।

१४ औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव हुने भएको हो ।

निर्वाचनमा जम्मा दुई हजार ४८६ मत खसेको थियो । जस अनुसार सभापतिका उम्मेदवारले सो पद्‌मा विजय हासिल गर्नका लागि कम्तीमा पनि एक हजार २४४ मत ल्याउनु पर्ने थियो ।

तर, कसैले पनि ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेनन् । अन्तिम मत परिणाम अनुसार सभापतिका उम्मेदवार प्रकाश बमले एक हजार १६९,नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेका छन् ।

अब सभापतिका लागि बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ । दुवै जना संस्थापन पक्षका हुन । दोस्रो चरणको निर्वाचन फागुन १८ गते बुधबार हुने निर्वाचन समितिले जनाएको छ ।
 



मङ्गलबार १७, फागुन २०७८ ०१:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.