चालु आर्थिक वर्षको फागुन सम्म बैंकहरुको कर्जा लगानीमा १४ दशमलव ६ प्रतिशतले वृद्धि

अर्थ समाचार

Yugnepal     618 पटक पढिएको    

चालु आर्थिक वर्षको फागुन सम्म बैंकहरुको कर्जा लगानीमा १४ दशमलव ६ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको फागुन सम्म बैंकहरुको कर्जा लगानीमा १४ दशमलव ६ प्रतिशतले वृद्धि

। चालु आर्थिक वर्षमो आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४ दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४ दशमलव ४ प्रतिशतले बढेको थियो ।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा १३ दशमलव ४ प्रतिशतले, विकास बैंकहरुको २४ दशमलव ५ प्रतिशतले र वित्त कम्पनीहरुको १३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २२ दशमलव ६ प्रतिशतले बढेको छ ।

२०७५ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६३ दशमलव ९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ दशमलव २ प्रतिशत कर्जा चालु सम्पत्ति ९कृषि तथा गैररकृषिजन्य वस्तु० को धितोमा प्रवाह भएको छ । २०७४ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१ द्यशमलव ४ प्रतिशत र १४ दशमलव ७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २१ द्यशमलव २ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १० दशमलव २ प्रतिशतले, ट्रष्ट रिसिट ९आयात० कर्जा १७ दशमलव ६ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १९ दशमलव १ प्रतिशतले, रियल स्टेट कर्जा ९व्यक्तिगत आवासीय घर कर्जा समेत० ७ दशमलव ८ प्रतिशतलेतथा हायर पर्चेज कर्जा ७ दशमलव ८ प्रतिशतले बढेको छ ।
बैंकिङ खबर बाटसाभार



आइतबार ०८, बैशाख २०७६ ०१:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.