ओली र दाहालबीच सहमति माधव नेपाललाई बालुवाटार बोलाइयो

राजनिति

Yugnepal     645 पटक पढिएको    

ओली र दाहालबीच सहमति माधव नेपाललाई बालुवाटार बोलाइयो

ओली र दाहालबीच सहमति माधव नेपाललाई बालुवाटार बोलाइयो
दीपा दाहाल 

काठमाडौँ  – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का शीर्ष नेताहरु निश्चित मापदण्ड बनाएर तल्लो तहको एकता गर्ने सहमति नजिक पुगेका छन्।

पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिले एक्लाएक्लै छलफल गरी एक खाका तयार पारेको र त्यसमा वरिष्ठ नेता माधव कुमार नेपालको पनि सहमति खोज्ने प्रयास जारी रहेको बुझिएको छ।

स्रोतका अनुसार आइतबार ९ बजे अध्यक्षद्धय ओली र दाहालले नेता नेपाललाई बालुवाटार बोलाएर खाकामा सहमत गराउने योजनामा छन्।

उक्त छलफलमा पछिल्लो समय जग्गा प्रकरणमा मुछिएका पार्टी महासचिव विष्णु पौडेललाई समेत डाकिएको छ। उनीहरुले सोमबार एकताको सहमतिको खाका सार्वजनिक गर्ने तयारी समेत गरेको स्रोत बताउँछ।

ओली र दाहालबीच जिल्ला तहको एकतामा पूर्व एमालले ४५ र माओवादीले ३२ को भागवण्डा गरेका छन्। तर त्यो सबै मापदण्ड अनुसार तय गरेको भन्नेमा नेता नेपाललाई सहमत गराउने योजनामा ओली र दाहाल छन्।

माथिल्लो तहमा पार्टी एकता भएको एक वर्ष पुग्नै लाग्दा तल्लो तहको एकताका लागि सहमति बन्न लागेको हो। यसअघि अध्यक्षद्वय ओली र दाहालकै बिलम्बका कारण पार्टी एकता प्रक्रिया अघि नबढेको भन्दै उनीहरुको व्यापक आलोचना भएको थियो।

पूर्व एमाले र माओवादीबीच गत वर्ष जेठमा एकताको घोषणा भएको थियो ।देश सन्चारबाट सभार



आइतबार ०८, बैशाख २०७६ १२:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.