धनगढी पुस ३० महिनाको अन्तिम दिन । गाउँगाउँमा सुँगुर काटेसंगै थारु समुदायमा माघी शुरु भएको छ । पश्चिम नेपालका थारु समुदायले माघीलाई नयाँ वर्षको आरम्भका रुपमा धुमधामसंग मनाउँदै आएका छन् ।
यद्दपि, माघे संक्रान्ति सबै हिन्दू धर्मावलम्बीहरूको धार्मिक, सांस्कृतिक चाड हो । तर, थारु समुदायका लागि माघीको विशेष महत्व छ । आजकै दिनदेखि थारु संवत फेरिने गर्दछ । आज ९माघ, १ गते० देखि थारु संवत २६४४ आरम्भ भएको छ ।
थारु समुदायको माघीमा पुस मसान्तमा बंगुर काट्ने, मासु खाने र रातभर जाग्राम बसेर धमार गाउने गरिन्छ ।
माघ १ गते बिहानै दह, कुण्ड, नदी, पोखरीमा नुहाएर घरमा राखेको चामल, मासको दाल, नुन र खुर्सानी विवाहित दिदीबहिनीहरूका लागि निस्राउ ९उपहार० छुट्याउने चलन रहेको छ । त्यस्तै, मान्यजनहरूसंग आर्शिवाद थाप्ने र ढिक्री, बंगुरको मासु, तरुल लगायतका परिकार खाँदै माघी मनाउने गरिन्छ ।
बिहानै नुहाएर आएपछि डेउराहार ९देउताको थान भएको घरको सबभन्दा उत्तरपूर्वको कोठा० मा चामल, दाल, तेल, नुन, खुर्सानी, हल्दी आदि अन्नहरू राखिन्छ’ थारु कल्याणकारीणी सभाका अध्यक्ष लाहुराम चौधरी भन्छन्– त्यसबाट सबैभन्दा पहिले तीन वा पांच अञ्जुली वस्तु अलग छुट्याउने गरिन्छ । यसरी छुट्याएको भागलाई निस्राउ भनिन्छ । त्यसरी छुट्याएको निस्राउ त्यसै दिन वा अन्य कुनै दिन विवाहित छोरीहरूलाई उनकै घर गएर दिइन्छ ।
माघीमा खानपिन, ढोगभेट, नाचगान नै विशेष हो । मान्यजनहरूसंग आर्शिवाद लिने, खानपान गर्ने र साँझ मघौटा नाच्ने तथा धमार गाउने गरिन्छ ।
माघ महिना लागेसंगै थारु समुदायको साल परिवर्तन हुन्छ । यो अवसरमा थारु समुदायले अघिल्लो वर्षको समिक्षा गर्नुका साथै आगामी योजना बनाउने र सामाजिक नेतृत्व छान्ने क्रम शुरु हुन्छ । भल्मन्सा, चिराकी, चौकीदारको चयन कार्य अघि बढाइन्छ ।
माघ २ गतेदेखि नयाँ भल्मन्सा ९बड्घर०, देशबन्ध्या ९बर्का गुरुवा० चुन्ने वा पुरानैलाई पुनः जिम्मेवादी दिने विषयमा भल्मन्साको घरमा बसेर छलफल गर्ने गरिन्छ । पुरानै राख्ने भए त्यसलाई पनि लोकतान्त्रिक पद्दतिद्वारा अनुमोदन गर्ने चलन समेत थारु समुदायमा रहिआएको छ । गाउँमा नयाँ वर्षभरिका लागि नयाँ नियम बनाउने गरिएको थारु नेता माधव चौधरीले बताए ।
थारुहरूको घरभित्र भने छोराछोरीको विहे गर्ने, आउने वर्ष कुन खेत कसले जोत्ने र त्यस खेतमा कुन बाली लगाउने वा कुन व्यवसाय गर्ने भनि छलफल हुने गरेको छ । विगतमा थारु समुदायमा रहेको कमैयारकमलरी राख्ने कुप्रथा पूर्णरुपमा हटेको छ । भाइभाइ घर फुट्ने चलन नराम्रो रहेकाले त्यसलाई न्युनिकरण गर्नुपर्ने जागरण आएपछि थारु समुदायमा यि विषयमा छलफल हुन छाडेको बताउछन् थारु नेता ठाकुर करियाप्रधान ।
थारु समुदायले पुस मसान्तदेखि माघको पहिलो सातासम्म यि सबै काम गरिसक्छन् । माघको एक सातामा योजना तर्जुमा गरी उनीहरू काममा फर्किने गरेका छन्।
काम गर्दै जाँदा माघीमा बनाएको नियम प्रयोगात्मक नभएमा, कुनै अर्को नियमसंग बाझिएमा वा कसैको चित्त नबुझेमा भल्मन्साद्वारा विशेष बैठक बोलाई छलफल गर्ने र संशोधन गर्ने चलन थारु समुदायमा छ ।
प्रतिकृया दिनुहोस