दोस्रो चरणको मतदान दिउँसो ३ः३० देखि बेलुकी ७ः३० बजेसम्म

युग संवाददाता     1093 पटक पढिएको    

दोस्रो चरणको मतदान दिउँसो ३ः३० देखि बेलुकी ७ः३० बजेसम्म

काठमाडौं मंसिर २८। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दोस्रो चरणको मतदान मंगलबार दिउँसो ३ः३० देखि बेलुकी ७ः३० बजेसम्म हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको मंगलबार विहान बसेको बैठकले ३ः३० देखि राष्ट्रिय सभा गृह भृकुटी मन्डपमा मतदान गर्ने निर्णय गरेको हो ।

यसअघि मतदानको पहिलो चरणबाट कसैले पनि बहुमत ल्याउन असफल भएका छन् । शेरबहादुर देउवा बहुमत प्राप्त गर्न असफल भएका छन् । अब दोस्रो चरणबाटै सभापतिको टुङ्गो लाग्ने भएको छ ।

सभापतिमा दोस्रो चरणमा शीर्ष दुईमा रहेर मत परिणाम टुंगो लगाएका शेरबहादुर देउवा र डा।शेखर कोइरालाबीच भिडन्त हुनेछ । देउवाले पहिलो चरणमा २२५८ मत पाए । डा।कोइरालाले १७ सय २९, प्रकाशमान सिंहले ३७१, बिमलेन्द्र निधीले २४९ तथा कल्याण गुरुङले २० मत पाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



मङ्गलबार २८, मङि्सर २०७८ ०२:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal