एमालेको दशौं महाधिवेशन  रावलले  अध्यक्ष पदमा उम्मेद्धवारी दिने

युग संवाददाता     572 पटक पढिएको    

एमालेको दशौं महाधिवेशन  रावलले  अध्यक्ष पदमा उम्मेद्धवारी दिने

 

धनगढी मंसिर ५  नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावल चितवनमा हुने दशौ महाधिवेशनमा अध्यक्षको उम्मेद्धवार हुने भएका छन् ।

रावलले आइतबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्षमा लड्ने घोषणा गरेका हुन ।

उनले आफ्ना प्रतिवद्धता पनि सो अवसरमा सार्वजनिक गरेका छन् ।

रावलले एससीसी ,भारतसंगका असमान सन्धीको पनि विरोध गरेका छन् । उनले एमसीसी परिमार्जन गरेर पारित गर्नुपर्ने, भारतसंगका असमान सन्धी खारेज गर्नु पर्ने बताए ।

वर्तमान अध्यक्ष केपीशर्मा ओली सर्वसम्मत अध्यक्ष हुने चर्चा भइरहदा रावलको उम्मेदवारी आएको छ ।

उनले ओलीलाई उमेरको परिपक्कता र आफैले फेरि अध्यक्ष पदमा दोहोरिदैन भन्ने ख्याल गरेर आफूलाई सहयोग गर्न पनि आग्रह गरे ।



आइतबार ०५, मङि्सर २०७८ ०४:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.