प्रदेश कमिटीको बैठक कथित र गुटबन्दीको नमुना हो डा रावल

युग संवाददाता     602 पटक पढिएको    

प्रदेश कमिटीको बैठक कथित र गुटबन्दीको नमुना हो डा  रावल

 

धनगढी कार्तिक २३ नेकपा एमालेका उपाध्यक्ष डा  भीम रावलले आज हुने सो पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक दश बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत भएको बताएका छन्।

समाजिक सञ्जालमा स्टाटस लेख्दै उपाध्यक्ष रावलले सो कुरा बताएका हुन । उनले भनेका छन् सुदूरपश्चिम प्रदेश कमिटीको बैठक कथित र गुटबन्दीको नमुना भनेका हो ।

त्यो बैठक गुबन्दीको नमूना हो त्यसैले सो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् उनको भनाइ छ ।

उपाध्यक्ष रावलले १२ झापामा लागू हुने, सुपमा किन नहुँने प्रश्न गर्दे भनेका छन् कि यहाँको भूमि वाह्य अतिक्रमणमा परेको छ ।


डा रावल गृहजिल्ला अछाममा छन् । तर उनलाई बैठक बारे कुनै जानकारी नगराएको बताइएको छ ।

अपानि अनुसार डा। रावल सुदूरपश्चिम इन्चार्ज हुनु पर्ने हो तर प्रदेश अध्यक्ष कर्णबहादुर थापा र लेखराज भट्टको मिलोमतोमा भट्ट इन्चार्ज छन् । केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको संकेतमा भट्टलाई नै इन्चार्ज मानिएको पनि बताइन्छ ।



मङ्गलबार २३, कार्तिक २०७८ ११:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.