बाढी प्रभावित क्षेत्रमा तत्काल राहत प्याकेज उपलब्ध हुन्छ, प्रधानमन्त्री

युग संवाददाता     638 पटक पढिएको    

बाढी प्रभावित क्षेत्रमा तत्काल राहत प्याकेज उपलब्ध हुन्छ, प्रधानमन्त्री


सुनिल आउजी
धनगढी कार्तिक ५

प्रधानमन्त्री शेर बहादुर देउवाले बाढीपहिराबाट प्रभावित  पीडित परिवारलाई राहत प्याकेज उपलब्ध गराउने बताएका छन् । 
सुदूरपश्चिमा बाढी प्रभावित क्षेत्र अवलोकनका क्रममा गृहप्रदेश सुदूरपश्चिममा आउनु भएका प्रधानमन्त्री देउवाले धनगढीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन ।
 प्रधानमन्त्री देउवाले  भने  यति वेला उद्धार र राहतको काम भइरहेको उल्लेख गदै सरकार अल्पकालीन र दीर्घकालीन राहत प्याकेज बनाएर अघि बढ्ने बताए ।

No description available.
उहाँका अनुसार मुलुकमा प्राकृतिक विपत्ति आएको र त्यसले पुर्याएको क्षतिले आफू दुखित भएको बत्ताउनुभयो ।
 उहाँले बाढी पहिरो पीडित परिवारका लागि सरकारले तत्काल थप राहत प्याकेज ल्याउने  पत्रकार सम्मेलन बताउनु भएको छ । प्रधानमन्त्री देउवाले आगामी वैशाख महिना भित्र सबै नेपालीहरूलाई कोरोना भाईरस विरुद्धको खोप दिन सक्ने गरी सरकारले काम गरिरहेको पनि जानकारी दिनुभयो । 
सुदूरपश्चिमजस्तै देशभर बाढी पहिरो र डुबानको समस्या रहेको बताउँदै प्रधानमन्त्री देउवाले अन्य क्षेत्रको पनि भ्रमण गर्ने जानकारी दिनुभयो । उहाँले सरकारले जनतालाई राहतका कार्यक्रम ल्याउने बताए ।
साथै  निरिक्षण टोलीमा  अर्थमन्त्री जनार्दन शर्मा ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेताद्धय एनपी साउद, रमेश लेखक लगायत सहभागी छन ।



शुक्रबार ०५, कार्तिक २०७८ १०:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.