एडीबी र एएफडीबीच पाँच अर्ब डलर लगानी गर्ने सहमति

पाँच अर्ब डलर लगानी गर्ने

Yugnepal     675 पटक पढिएको    

एडीबी र एएफडीबीच पाँच अर्ब डलर लगानी गर्ने सहमति

मनिला, २५ माघ सिन्ह्वा–
 एसियाली विकास बैंक  एडीबी र एजेन्स फ्रान्स डिभलपमेन्ट एएफडी बीच संयुक्त लगानीका परियोजनामा आगामी पाँच वर्षका लागि पाँच अर्ब डलर लगानी गर्ने सहमति भएको छ । दुबै संस्थाबीच यसअघि तीन अर्ब डलर लगानी गर्ने सम्झौता भएको थियो । 

उक्त रकम एसिया र प्रशान्त क्षेत्रका मुलुकमा सञ्चालन हुने संयुक्त लगानीका परियोजनामा लगानी हुनेछ । 

सन् २०१६ देखि २०२२ सम्मका लागि गरिएको उक्त साझेदारी फ्रेमवर्क सम्झौता ९पीएफए० अन्तर्गत परियोजनाहरु छनौट र प्रवद्र्धन गरिने एडीबीले जनाएको छ । 

एडीबीका अनुसार पाँच अर्ब डलरमध्ये दुबै संस्थाबाट आधा आधा व्यहोरिनेछ । साथै, दुबै संस्थाले सहरी यातायातका क्षेत्रमा परियोजना अगाडि बढाउन पनि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 
–– 



शुक्रबार २५, माघ २०७५ ०४:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.