कांग्रेसको नेतृत्व काठमाडौंले गर्छ  नेता सिंह

युग संवाददाता     566 पटक पढिएको    

कांग्रेसको नेतृत्व काठमाडौंले गर्छ  नेता सिंह

काठमाडौं  असोज २०। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यस पटक आफू सभापतिबाट ब्याक नहुने बताएका छन् । यसअघि नै केन्द्रीय सभापतिमा दाबी गर्दै आएका उनले यस पटक कसैका लागि त्याग गर्न नसक्ने बताएका हुन् ।

नेपाली कांग्रेस नागार्जुन नगर समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले  यसपालि आफू सभापति पदमा लड्ने दोहोर्याएका हुन् ।

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको भन्दै अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ रु,’उनले भने, ‘के हामी सधैं अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने रु’

उनले नेताहरूमा पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको पनि बताए। पदमा पुगेपछि सभापति शेरबहादुर देउवाले काम गर्न नसकेको बताएका छन् । ‘अहिलेको सभापतिलाई हेर्नुस् न, चार वर्षसम्म पनि विभाग गठन गर्न सक्नु भएन,’उनले भने ।

पार्टीलाई संस्थागत गर्नुपर्ने बताउँदै कांग्रेसमा गुट नै गुट रहेकोतर्फ संकेत गर्दै ‘ए कांग्रेस, बी कांग्रेस र सी कांग्रेस’भन्दा पनि कांग्रेस जनताले खोजेको बताए । जनताले खोजेजस्तो कांग्रेस १४ औं महाधिवेशनपछि आउने सिंहको भनाइ थियो। उनले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरे ।


त्याग नै त्याग भनेर मात्र हुन्छ  १३ औं महाधिवेशनमा मैंले रामचन्द्र पौडेललाई छाडेकै हो,’ उनले भने, ‘म पहिले महामन्त्री जितेको हुँ। बिपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ।’

‘गणेशमानको छोरा भन्छौं पार्टीलाई राम्रो गर्नुपर्‍यो भनेर मलाई कार्यकर्ताहरूले भनेका छन्,’ उनले भने, ‘प्रजातन्त्र जोगाउनुपर्‍यो। पार्टी संस्थागत गर्नुपर्‍यो। जनतालाई सहयोग गर्नुपर्‍यो भन्ने हो। मलाई पदमा पुगेर पैसा कमाउनु छैन।’

उनले पार्टीमा यतिका वर्ष काठमाडौं बाहिरका नेताहरू सभापति भनेको र यसपालि काठमाडौंलाई नेतृत्व गर्न दिइनुपर्ने बताए। ‘यतिका वर्ष काठमाडौं बाहिरले नेतृत्व गरेको अब पालो काठमाडौंको हो,’ उनले भने। आफूलाई नेता तथा कार्यकर्ताहरूले अगाडि बढ्न भनेको पनि उनले बताए। 



बुधबार २०, असोज २०७८ १२:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.