निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बन्छ  गगन थापा

युग संवाददाता     631 पटक पढिएको    

निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बन्छ  गगन थापा


काठमाडौं  असोज १६। नेपाली कांग्रेसका नेता गगन थापाले नेतृत्वले मन टुटेका र नागरिकको बिचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन् ।


नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताए । कांग्रेस अहिलेको यथास्थितीबादले जनताको विश्वास जित्न नसक्ने बताए । ‘आज जसरी चलेको छ यसले यसले कांग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन,” उनले भने ।

नेता थापाले कांग्रेसभित्र सुद्धिकरण आवश्यक भएको पनि बताए । तहगत अधिवेशनले कांग्रेस सुधार गर्न भुमिका खेल्नुपर्नेमा थापाको जोड थियो । ‘कांग्रेसभित्र ठूलो सुदृढिकरण र सुधारको खाचो छ,’उनले भने,‘हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने कांग्रेस चाहिएको छ, नागरिकहरुको टुटेको मन जोड्ने कांग्रेस चाहिएको छ ।’

नेता थापाले आउँदो तीन तहको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए । सम्पूर्ण कम्युनिष्ट र मधेशवादी दलहरु मिले पनि कांग्रेस पहिलो पार्टी बन्ने गरि काम गर्न उनले आग्रह गरे । ‘यो अधिवेशन सकिएपछि हामीसँग संगठन बनाउन ६,७ महिना बाँकी रहन्छ,’ उनले भने ।



शनिबार १६, असोज २०७८ ०३:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.