एक वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ता २८ लाख ६४ हजारले बढे

अर्थ समाचार

Yugnepal     628 पटक पढिएको    

एक वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ता २८ लाख ६४ हजारले बढे

एक वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ता २८ लाख ६४ हजारले बढे

 । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५र०७६को ६ महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ता ६३ लाख ९४ हजार ९ सय १६ जना पुगेका छन् । जुन गत वर्षको पुष मासान्तको तुलनामा २८ लाख ६४ हजार ६ सय ८९ ले बढी हो । आर्थिक वर्ष २०७४र०७५को पुस मसान्त सम्म ३५ लाख ३० हजार २ सय २७ जना मोबाइल बैंकिङ सेवामा आवद्ध भएका थिए ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ता भने खासै बढेका छैनन् । चालु आर्थिक वर्षको पुष मासान्त सम्मको तथ्याङ्क अनुसार इन्टरनेट बैंकिङ प्रयोगकर्ता ८ लाख ५६ हजार ६ सय ९५ जना पुगेका छन् । गत वर्ष सोही अवधिमा ८ लाख ४२ हजार ४ सय ३१ जनाले इन्टरनेट बैंकिङको प्रयोग गरेका थिए ।

इन्टरनेट बैंकिङमा भन्दा मोबाइल बैंकिङमा सेवाग्राही आकर्षित भएको देखिन्छ । मोबाइलबाटै एप्सको माध्यमबाट पैसा पठाउन सकिने, ब्यालेन्स हेर्न सकिने, स्टेटमेन्ट हेर्न सकिने, रिचार्ज लगायत विभिन्न बिल्सहरु भुक्तानी गर्न सकिने भएकाले पनि पछिल्लो समय मोबाइल बैंकिङका प्रयोगकर्ताहरु बढ्दै गएका हुन् ।

मोबाइल बैंकिङको प्रयोगबाट बैंकिङ कारोबार गर्न सहज हुने भएकाले यसको प्रयोगकर्ता बढेको देखिन्छ । बैंकहरुले पनि वित्तीय पहुँच बढाउने सजिलो माध्यमका रुपमा मोबाइल बैंकिङ सेवालाई लिएका छन् । त्यसैले यसको प्रयोगकर्तामा उच्च वृद्धि भएको देखिन्छ ।
बैंकिङ खबरबाट



बिहिबार ०५, बैशाख २०७६ ०३:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.