बैतडीमा कांग्रेस अधिवेशन कुन पालिकामा को बने पदाधिकारी

युग संवाददाता     630 पटक पढिएको    

बैतडीमा कांग्रेस अधिवेशन कुन पालिकामा को बने पदाधिकारी

 

बैतडी १० असोज

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बैतडीका पनि गाउँ नगर अधिवेशन भएको छ । जिल्लाका तीन नगरपालिका र ६ गाउँपालिकामा कांग्रेस अधिवेशन भएको हो ।

जिल्ला सदरमुकामसमेत रहेको दशरथचन्द नगरपालिका सभापतिमा भुवनराज भट्ट प्यानलसहित विजयी भएका छन् । उपसभापतिमा सुरजबहादुर चन्द र हरिशराम टमटा निर्वाचित भएकाछन् । सचिवमा श्यामबहादुर चन्द र गणेश सिंह थापा  चयन हुँदा सहसचिवमा उत्तमराज जोशी र राजेन्द्र बडु विजयी भएका छन् ।

पुर्चौडी नगरपालिका गणेश सिंह गडाल विजयी भएकाछन् । उपसभापतिमा इश्वरदत्त भट्ट र वीरबहादुर महरा विजयी भएका छन् । सचिवमा राजबहादुर जोसी र रिकेश महरा चयन हुँदा सहसचिवमा सरोज बम र दिलबहादुर साउद विजयी भएका छन् । 

मेलौली नगरपालिका सभापतिमा प्रमानन्द भट्ट निर्वाचित भएका छन् । उपसभापतिमा भरतसिंह पुजारा र राजबहादर चन्द विजयी भएका छन् । सचिवमा अशोक विष्ट र सुरेन्द्र भट्ट तथा सहसचिवमा महेशदत्त भट्ट र लक्ष्मण पोख्रेल विजयी भएका छन् ।

सूर्नया गाउँपालिकामा प्रतापसिंह महरा सभापति बनेका छन् ।उपसभापतिमा करवीरसिंह ऐरी र राजेन्द्र लुहार, सचिवमा उत्तमबहादुर चन्द र सुन्दरसिंह विष्ट, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा सर्वसम्मत चयन भएका छन् ।

शिवनाथ गाउँपालिकामा हिरा चन्द सभापति चयन भएका छन् । उपसभापतिमा जयसिंह साउँद र लालसिंह साउँद, सचिवमा केशवदत्त कलौनी र गम्भीरबहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर र लक्ष्मणदत्त पन्त निर्विरोध चयन भएका मतदान अधिकृत जनकबहादुर चन्दले बताए । 

पञ्चेश्वर गाउँपालिकाको सभापतिमा रामबहादुर चन्द चयन भएकाछन्  । उपसभापतिमा धीरज चन्द र जमनसिंह साउद चयन हुँदा गजेन्द्र चन्द र टंक प्रशाद तिवारी सचिव बनेका छन् । सहसचिवमा वीरबहादुर चन्द र वीरेन्द्र भण्डारी चयन भएका  छन् ।

दोगडाकेदार गाउँपालिका सभापतिमा नन्दराज भट्ट प्यानलसहित विजयी भएका छन्  । उपसभापतिमा रामसिंह विष्ट र कलकुते कार्की चयन भएका छन् ।सचिवमा कर्कराज जोशी र दान बहादुर विष्ट विजयी भएका छन् भने सहसचिवमा सुशीला विष्ट र दीपेन्द्रसिंह कार्की चयन भएका छन् । 

सिगास गाउँपालिका सभापतिमा कर्णबहादुर ऐर निर्वाचित भएका छन् । उपसभापतिमा सुमित्रा ऐर र धनबहादुर साउद विजयी भएका छन् । सचिवमा टेकबहादुर चन्द र भानसिंह धामी तथा सहसचिवमा गोविन्द अवस्थी र प्रकाश जोशी चयन भएका छन् ।

डिलाशैनी गाउँपालिका सभापतिमा जयराज जोशी निर्वाचित भएकाछन् । उपसभापतिमा राम नाथ र शंकर विष्ट विजयी भएका छन् । सचिवमा मदन नाथ र शंकर पन्त निर्वाचित भएका छन् भने सहसचिवमा दिला नाथ र विक्रम कार्की चयन भएका छन् ।



आइतबार १०, असोज २०७८ १२:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.