जागरण अभियान सफल पार्न तरुण दलको निर्देशन

राजनिति

Yugnepal     889 पटक पढिएको    

जागरण अभियान सफल पार्न तरुण दलको निर्देशन

 जागरण अभियान सफल पार्न तरुण दलको निर्देशन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले मातृ पार्टी कांग्रेसको राष्ट्रिय जागरण अभियान सफल बनाउन जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएको छ । तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले बिहीबार सबै जिल्ला कार्यसमितिलाई परिपत्र गरेर अभियान सफल पार्न निर्देशन दिएका हुन् । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गुमेको शाख फर्काउने उद्देश्यका साथ कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गतेबाट ‘हिमाल, पहाड, तपाई–मधेस नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न लागेको छ । कांग्रेसले जागरण अभियानलाई तीन चरणमा सञ्चालन गरिने बताएको छ ।  



बिहिबार ०५, बैशाख २०७६ ०३:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.