इजरायल भाषा परीक्षा  ११ शैक्षिक संस्थामा

युग संवाददाता     1345 पटक पढिएको    

इजरायल भाषा परीक्षा  ११ शैक्षिक संस्थामा

 


काठमाडौं– इजरायलको रोजगारीका लागि सञ्चालन गरिने अंग्रेजी भाषा परीक्षाका काठमाडौंका ११ वटा शैक्षिक संस्थामा सञ्चालन हुने भएको छ । २८ भदौमा सञ्चालन हुने परीक्षाका लागि ११ वटा शैक्षिक संस्थामा १६ वटा केन्द्र तोकिएको वैदेशिक रोजगार विभागले जनाएको हो ।

परीक्षा सञ्चालन हुने सबै केन्द्रहरू काठमाडौंमा मात्रै तोकिएको विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताएका छन् । उनका अनुसार बत्तिसपुतलीमा रहेको गोल्डेन गेट कलेजमा तीनवटा केन्द्र तोकिएको छ । त्यस्तै कलंकीमा रहेको एलआरआई विद्यालय, गोठाटारको गान्धी आदर्श र बानेश्वरको नोबेल एकेडेमीमा दुई–दुई वटा परीक्षा केन्द्र तोकिएको छ ।

त्यस्तै त्रिपुरेश्वरमा रहेको विश्व निकेतन उच्च मावि, रानीपोखरीमा रहेको दरबार विद्यालय ९साधारण०, मदन भण्डारी मेमोरियल कलेज नयाँ बानेश्वरमा एक–एक परीक्षा केन्द्र तोकिएको निर्देशक सुनुवारले बताएका छन् । सुनुवारका अनुसार बानेश्वरको एम्बिसन कलेज, कोटेश्वरको सरस्वती मावि, जडिबुटिको कोटेश्वर बहुमुखी क्याम्पस र बसुन्धाराको साउथ वेस्टर्न स्टेट कलेजमा एक–एक वटा परीक्षा केन्द्र तोकिएको छ । पहिलोपटक हुन लागेको परीक्षामा ७ हजार ३ सय जनाको सहभागिता हुने विभागले जनाएको छ । ९ हजार ६ सय ९९ जनाको आवेदन परेकोमा २ हजार ६ सय ९६ जनाको आवेदन अस्वीकृत भएको विभागले जनाएको छ ।



शनिबार २६, भदौ २०७८ ०७:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal