एमाले उपाध्यक्षबाट वामदेव गौतमको राजीनामा

युग संवाददाता     1106 पटक पढिएको    

एमाले उपाध्यक्षबाट वामदेव गौतमको राजीनामा


काठमाडौं भदौ १८–नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्।

उनले शुक्रवार कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन्। एमालेबाट विभाजित भएर नेकपा ९एकीकृत समाजवादी० बनेपछि नयाँ दलमा सहभागी हुने गरी गौतमले पार्टी छोडेका छन्। उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए।

शुक्रवार उपाध्यक्ष गौतमले माधवकुमार नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफ्नो शर्त राखेका थियो। मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद ९जबज० हुनुपर्ने उनको शर्त छ।

नेता नेपालको पार्टी एकीकृत समाजवादीले आफ्नो शर्त नमाने सो पार्टीमा सामेल हुन नसकिने नेता गौतमले बताएका थिए।



शनिबार १९, भदौ २०७८ ०६:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal