सानिमा लाइफले ६० लाख कित्ता आइपीओ निष्काशन गर्दै ​

युग संवाददाता     929 पटक पढिएको    

सानिमा लाइफले ६० लाख कित्ता आइपीओ निष्काशन गर्दै ​

 

काठमाडौं  साउन १४  सानिमा लाइफ इन्स्यारेन्सले आगामी २० गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डको अनुमतिपछि कम्पनीले ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबर प्रति सेयर एक सयका दरले आईपीओ निष्काशन गर्न लागेको हो।

६० लाख कित्ता मध्ये ३ लाख कित्ता अर्थात् कुल निष्कासनको ५ प्रतिशत सेयर कर्मचारीलाई, ५ प्रतिशत नै सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन हुने कम्पनीले जनाएको छ।



बिहिबार १४, साउन २०७८ ०५:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal